नेकपाले हेलिकप्टर चढाउदा पनि घर्तीकाे उम्मेदवारी फिर्ता हुन सकेन

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा हुने उपनिर्वाचनमा बागी उम्मेदवारी दिएका शेरमान घर्तीले होलिकप्टर चढेर आउँदा पनि उम्मेदवारी फिर्ता लिन पाएनन् ।

नेकपा र राजमोका संयुक्त उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्ती उम्मेदवारी फिर्ता लिन समयमै नपुग्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै फर्कनु परेको हो ।

घर्तीले उम्मेदवारी दर्ता गराएसँगै नेकपा नेताहरुले उनको उम्मेदवारी फिर्ता गराउने विभिन्न प्रयास गरेका थिए । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा घर्तीलाई होलिकप्टरमा राखेर सदरमुकामसम्म पुर्याइएपनि नेकपाको उम्मेवादरी फिर्ता गराउने प्रयास भने असफल रह्यो ।

उम्मेदवारी फिर्ताका लागि दिइएको समय समाप्त भएका कारण घर्तीको उम्मेदवारी फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।