कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलद्वारा राजीनामा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विद्यालयको जग्गा कीर्ते अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । पौने १६ करोड कीर्ते अभियोग लागेका रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् ।

रावलसहित १६ जनाविरुद्ध महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोग लागेको छ । कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहदै आएका उनले आइतबार राजीनामा बुझाएका छन् ।