श्रीमतीमाथि खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

0
Shares

सोलुखुम्बु । आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चालीस वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका ५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।

पक्राउ परेका शिवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।