नक्कली नोटसहित तीन पक्राउ

0
Shares

बारा । जितपुर सिमरा उपमहानगरपालिका.१ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका २ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडा रहेको प्रहरीले जनाएको छ ।

खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पथलैयास्थित पेट्रोल पम्पमा ना।६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा ट्रक चालक गोकर्णले उक्त नक्कली नोट दिए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी बारा, पचरौता नगरपालिका.५ बेल्दारीबाट भारत मोतिहारी पचपोखरीया बस्ने सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजा बाबु कुमारलाई १ हजार दरको नक्कली नोट १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित अमन एण्ड सुमन आयल स्टोरमा नम्बरप्लेट नभएको मोटरसाइकलमा तेल हाली उनीहरुले उक्त नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नोट र मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस विषयमा थ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।