पेस्तोल र विष्फोटक पदार्थसहित १६ जना पक्राउ

0
Shares

बाजुरा । पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थसहित प्रहरीले गौमुल गाउँपालिका ३ माझपालीबाट १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा गंगादेब गाउँपालिका ३ जिनावाङ घर भएका ५२ वर्षीय चुडामणी ओली लगायत १६ जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेशरकुकर बम १ थान, ईलोक्ट्रनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिम सम्बन्धी कागजात बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।