ब्राजिलका पुर्व राष्ट्रपति कारागार मुक्त


रियो डि जेनेरो,(एजेन्सी),

अठार महिना भन्दा लामो समयदेखि कारगारमा थुनिएका ब्राजिलका पुर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई मुक्त गरिएको छ। लुलाको नामले बढि परिचित पुर्व वामपन्थि नेता शुक्रवार कारगारबाट बाहिर आउँदा उनलाई समर्थकहरूको भिडले स्वागत गरेको थियो।

भ्रष्टाचारको अभियोगमा दोषि ठहराएर उनलाई क्युरिटिवा शहरको कारगारमा थुनिएको थियो। सर्वोच्च अदालतका एकजना न्यायधिशले अपिल गर्ने सम्पूर्ण विकल्प समाप्त भएके स्थितीमा मात्र आरोपितलाई थुनामा राखिन पाइने भनेर निर्णय सुनाएपछि लुला कारागार मुक्त भएक हुन्।

सन् २००३ देखि २०१० सम्म राष्ट्रको नेतृत्व गरेका ७४ वर्षिय लुला ब्राजिलको नमुना वामपन्थि नेतामा गनिन्थे। कारगारबाट बाहिरिनासाथ हर्षित मुद«ामा उनले भने, ‘ आजको दिन म तपाईंहरू माझ यसरी बाहिर हुनेछुँ भनेर मैले सोचेको पनि थिइन्। म आफुलाई निर्दोष सावित गरेर देखाउने प्रतिज्ञा गर्दछुँ।

लुलाले गत वर्ष आयोजित राष्ट्रपतिय चुनाव जित्ने प्रवल संभावना रहेका ेथियो। तर उनलाई ठूलो भ्रष्टाचारको आरोप लगाएर थुनिएपछि उनी चुनावबाट बन्चित भएक थिए। सो चुनाव कटर दक्षिणपन्थि उम्मेदवार जाइर बोल्सोनारोले जितेका थिए। लुलाले बोल्सोनारोको आर्थिक नीतिहरूको आलोचना गर्नुका साथै आफुले गरिब ब्राजिलियन जनताको हक हितका लागि निरन्तर लडिरहने प्रतिवद्धता जनाएका छन्।