जापानी महिला कामदारले चश्मा लगाउन नपाइने !


टोक्यो,(एजेन्सी),
जापानका केहि कम्पनीहरूले आफ्ना महिला कामदारहरूलाइृ चश्मा नलगाउन निर्देशन दिएपछि काममा चश्मा लगाउनु निके विवादास्पद विषय बनेको छ। जापानका केहि स्थानिय संचार माध्यमले विभिन्न कारण देखाएर केहि कम्पनीहरूले आफ्ना महिला कर्मचारीहरूलाई चश्मा लगाउन प्रतिवन्ध लगाएको जनाएको छ।

केहि खुद«ा पसलहरूका चश्मा लगाउने महिला कामदारहरूले यस नीति प्रति उदासिनता व्यक्त गरेका छन्। कार्यालयमा महिलाहरूको पोशाक नियमलाई लिएर अहिले जापानका सामाजिक संजालमा चर्को बहश चलिरहेको छ।

निप्पोन टेलिभिजन नेटवर्क र बिजिनेस इन्साइडरले पनि चश्मा माथि बन्देज लगाउने पक्षमा उभिएका छन्। ति कमपनीहरूले एयरलाइनको महिला कामदारहरूको सुरक्षा कारण अघि सारेका छन् भने सौन्दर्य क्षेत्रमा भने चश्माको कारण श्रंगार राम्ररी नदेखिने गरिएको बताइएको छ।

तर ति तथाकथित प्रतिवनधहरू कम्पनीका नीति ने हुन् कि हैनन् भन्ने स्पष्ट भएको छैन। क्योटो युनिभर्सिटी अफ फरेन स्टडिजका समाजशास्त्रका प्राध्यापक कुमिको नेमोतोले भनेकी छिन् , ‘ जापानी जनताले यस्ता पुरातन नीतिहरू को विरोध गरिरहेका छन्।

महिलाहरूले किन चश्मा लगाउनु हुन्न् भन्ने स्पष्ट कारण नै देखिँदैनन्। यो पूर्णत विभेदकारी लैंगित विषय मात्र हो। यो परम्परागत जापानी रुढीवादी सोचको प्रतिविम्व मात्र हो। ’