बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै, पोखरा भ्रमण गर्ने तयारी


न्युज अफ नेपाल, काठमाडौं ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणलागि नेपाल आउने भएका छन् । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आउन लागेको हो ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक भ्रमण तालिका नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।

भ्रमणका क्रममा हमिद पोखरा पनि जाने परराष्ट्रले जनाएको छ।

परराष्ट्रका मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।