घर निकाला गरिएकी युवतीले दिइन उजुरी, पती, सासू र ससुरा पक्राउ 


सलिम अन्सारी, प्युठान ।

वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक दलित युवती घर निकाला गरिएकी छन् । सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकि २४ बर्षीया शुसिला खाम्चा (कामि)ले अन्तरजातीय बिबाह गरेका कारण घर छाड्न बाध्य भएकी हुन् ।

आफू घर निकाला हुनु परेको भन्दै उनले ६० बर्षीया ससुरा मतिराम खाम्चा ,५६ बर्षीया सासू जिवा खाम्चा,२६ बर्षीया पति चित्र बहादुर खाम्चा सहित ३ जनाबिरुद्ध शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्धा दर्ता गरेकि हुन् ।श्रीमान चित्र बहादुर खाम्चा र शुशिला खाम्चाले २०६९ साल कार्तिकमा सामाजिक परम्परा अनुसार विवाह गरेका थिए ।

प्रेम सम्वन्धमा रहेका उनीहरुलाई विवाहपछि एक सन्तान जन्माएकि शुसिलालाई घरपरिबारका सासू ससुरा र पतिले कामिको छोरी कमिनी कुजात, हाम्रो सम्पत्ति देखेर घर पस्न आएकी जस्ता गाली बेइज्जत गरि घर निकाला भएपछि अहिले माईतीको शरणमा बस्दै आएको उनले बताइन् । ‘कमिनी’ घर पस्न आएकी भनी घर निकाला गरे,’ शुसिलाले भनिन, दिनहुँ मानसिक यातना भोगेँ,’ घरपरिवारजनवाट आफूले अत्यन्त ठूलो मानसिक तनाव बेहोर्दै आएपछि मुद्दा दर्ता गर्न बाध्य भएको उनले सुनाइन ।

तल्लो जातकी कमिनी भनी हेला गरी श्रीमतीलाइ घर निकाला गरेको आरोपमा पति सहित सासू र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले शुक्रबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको जिल्ला प्रहरीका कार्यलय प्युठानका प्रहरी निरीक्षक लोकेन्द्र जि सिले बताए । ’हामीले सम्बन्धितहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान गरिरहेका छौँ, जिसीले भन’, अनुसन्धानपछि उहाँहरुलाई कानुनी सजाय हुन्छ । बिबाह भएको लामो समय पछि पिडित बि क लाई अन्याय भएको भन्दै जिल्लाका दलित अगुवाहरुले संघर्ष समितिले खेद प्रकट गरेको छ ।

समितिका अध्यक्ष शन्तोष नेपालिले जाहेरी माथी अवाश्यक कार्बाही तत्काल अघि बढाउन माग गरेका छन् । जाहेरी माथी आवश्यक कार्बाही गर्न आनाकानी र ढिलासुस्ती भएमा संयुक्त राजनीतिक दलित संघर्ष समिति जस्तासुकै चुनौतीलाई प्रवाह नगरी आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।