बैतडीमा एक वडा सदस्य मृत भेटिए


विनोद सिंह विष्ट, बैतडी ।

बैतडीमा शुक्रवार एक वडा सदस्य मृत भेट्टिएका छन् । पुर्चौडी नगरपालिका ३ का वडा सदस्य ४५ बर्षीय गणेश पार्की मृत अवस्थामा भेट्टिएका हुन् ।

पार्की पुर्चौडी नगररपालिका १ स्थित राताशिला मनिदर नजिक देवल भन्ने स्थानमा शुक्रवार मृत भेट्टिएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

गएराती स्थानीय राताशिला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य शुक्रवार मृत भेट्टिएका हुन् ।

प्रहरी टोली घटनास्थल पुगेको छ । के कारणले पार्कीको मृत्यु भयो भन्ने बारे खुल्न सकेको छैन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।