भारतले सिमा मिचेको विरोधमा विद्यार्थीहरुको चर्को प्रदर्शन


न्युज अफ नेपाल, सर्लाही ।

नेपालका भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा सर्लाहीमा पनि प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ सर्लाहीको संयुतm आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हो।

‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’लगायतका नारा लेखिएको कालो ब्यानरसहित विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए। ¥यालीमा सहभागीहरुले लालबन्दी बजार परिक्रमापछि भएको कोण सभा मा भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने नेपालि काग्रेस क्षेत्र नम्बर १का क्षेत्रिय सभापति प्रमोद बरालले चेतावनी दिएका छन्।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासमेत जलाएका छन ्। विरोधमा उत्रिएका विद्यार्थीहरुले नेपालको पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन्।

विरोध कार्यक्रममा बोल्ने बतmा हरुमा बिध्यार्थि नेताहरु मनोज बख्रेल ,युवराज देवकोटा , विश्वमित्र रिजाल ,अभिमन्यु चौधरि लगायतका रहनु भयको थियो ।साथै ने.वि संघले बेलुका ६ बजे सर्ला्हिको मलंगवामा राको जुलुस निकाल्ने बतायको छ ।

राको जुलुस मलंगवाको बजार परिक्रमा गरि जिविस चोकमा पुगेर कोण सभामा परिणत हुने र जिल्ला स्तरका तेताहरुले सम्बोधन गर्ने ने.वि.संघ सर्ला्हिले बतायको छ ।