आगलागी मुद्दाका फरार अभियुक्त पक्राउ

0
Shares

लहान । आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अदालतको फैसला लगतै फरार रहेका साहलाई आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।