सरकारकै कार्यशैलीका कारण मुलुक अप्ठ्यारो अबस्थामा – कांग्रेस प्रबत्ता शर्मा

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर,(नेस) ।

नेपाली काँग्रेसका प्रबत्ता बिश्वप्रकाश शर्माले सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गएको बताउनुभएको छ ।

भक्तपुरमा आयाजित चुनावी सभालाई सम्बोधन गर्दै प्रबत्ता शर्माले उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्दै सरकारकै कार्यशैलीका कारण मुलुक अहिले अप्ठ्यारो अबस्थामा रहेको बताउनुभयो ।

जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताउँदै उहाँले कर र मुल्य बृद्धि गरेर र भ्रष्टाचारमा मुछिएर सरकारले जनतालाई मारमा पारेको आरोप लगाउनुभयो ।

नेकपा नेतृत्वको सरकारको शैली बिरुद्धमा जनताले जवाफ दिने बेला आएको भन्दै उहाँले
कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउनुभयो ।

गुटउपगुटबाट माथि उठेर पार्टी एक हुनु जरुरी रहेको बताउँदै उहाँले अबको उपनिर्वाचनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एक भएर पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

उहाँले पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिंदै आगामी उपनिर्वाचन मिनी जनमत संग्रह भएको भन्दै जनमत कांग्रेस तर्फ मोडिएको छ भन्ने सन्देश दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयोर्,अब मतदाताले गलत काम गर्ने नेकपालाई मत दिएर थप निरंकुश बनाउने कि बिकल्पको रुपमा सुधारका लागि कांग्रेसलाई मत दिने सोच्ने बेला आएको छ ।’

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर प्रदेश १ क मा कांग्रेसका कृष्णलाल भँडेलले उम्मेदवारी दिनुभएको छ ।