भारतीय नक्सा अस्वीकार्य , सरकारले तत्काल कुटनितिक पहल गरोस्ः कमल थापा


न्युज अफ नेपाल, दाङ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी लिपुलेक नेपालको अभिन्न अङ्ग अभिभाज्य भुमी भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन् ।

आज दाङको तुल्सिपुरमा आयोजित चुनाबि कार्यक्रममा बोल्दै थापाले सरकारले तुरुन्तै कुटनितिक पहल गरि समस्याको हल खोज्न सरकारलाई सुझाब पनि दिए ।

नेपालको भुमी कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले बिदेशिको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने भन्दै लाचारिपन र आत्मसमर्पणबादी मानसिकताले मुलुकको स्वाधिनताको रक्षा हुन नसक्ने ठोकुवा गरे ।

राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार बिदेशि हस्तक्षेपका सामु निरिह,लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्वाधिनताको रक्षाका खातिर कसै सङ्ग सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे । निकै आक्रामक शैलिमा प्रस्तुत भएका थापाले बिप्लब माओवादीलाई सरकारले बार्तामा बोलायर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

अब मुलुकले हत्या( हिंसाको चक्र सहन नसक्ने भन्दै नेकपाले यो पक्षलाई गम्भीरतापुर्बक मनन गर्न आबश्यक भेको बिचार ब्यक्त गरे । धर्म, संस्कृती मासेर कुनै पनि मुलुकले प्रगती गर्न नसक्ने भन्दै थापाले धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्द तर्फ मुलुक जान सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।

काङ्ग्रेस कम्युनिस्टको असफलतालाई सबक सिकाउनको निमित्त आगामी उपनिर्बाचनमा राप्रपालाई सघाउन थापाले जनता समक्ष आग्रह गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रेम बहादुर भण्डारी , महामन्त्री डा।धवलशमसेर राणा, प्रदेश –५ अध्यक्ष प्रदिप उदय, मिना स्वर्णकार र प्रदेश उम्मेदवार भुपाल रावतले बोलेका थिए ।