बैतडीमा हुने उपनिर्वाचन क्षेत्रमा दार्चुलाबाट सशस्त्र प्रहरी बल खटियो


किरन धामी, दार्चुला ।

अगामी मंसिर १४ गते बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर ४ मा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्म दार्चुलाबाट सशस्त्र प्रहरी परिचालन हुने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा अध्यक्ष पदका लागी हुने उपनिर्वाचनको सुरक्षाका गर्ने जिम्मेबारी ५० नम्बर गुल्म दार्चुलाले पाएको गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भए संगै कार्यालयको सुरक्षाका लागी गुल्मबाट विहिबार सशस्त्र प्रहरी सहायक निरिक्षक जगत घर्तीको नेतृत्वमा १० जनाको टोली त्यस तर्फ प्रस्थान गरेको गुल्मपति विष्टले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नं. ५० गुल्मबाट ५ जना तथा बचालमा रहेको गुल्मबाट ५ जना गरी १० जना सशस्त्र प्रहरीको टोली निर्वाचन अधिकृतको कार्यालय सुरक्षाका लागी खटिएको उहाले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ४ मा हुने उपनिर्वाचनको सम्पुर्ण सुरक्षा गर्ने जिम्मेबारी सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलाले पाएको भन्दै एक हप्ता पछि सशस्त्र प्रहरी निरिक्षक लिलबहादुर चन्दको नेतृत्वमा ४५ जना सशस्त्र प्रहरीको टोली खटाइने उहाले बताउनुभयो ।