सुदूरपश्चिम प्रदेश प्रमुख पन्तले गरिन पदभार ग्रहण


न्युज अफ नेपाल धनगढी ।

सुदूरपश्चिम प्रदेशमा नवनियुक्त प्रदेश प्रमुख शर्मीला पन्तले पदभार ग्रहण गरेकी छन् । बिहीबार धनगढी प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गरेकी हुन् ।

प्रदेश कार्यालय पुग्ने वित्तिकै प्रदेशका मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, कर्मचारीलगायतले फूलमालासहित स्वागत गरे । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक योजना तथा मामिला मन्त्री झपट बोहरा, भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, उपसभामुख निर्मला जोशी (बडाल) लगायत प्रदेश सभाका सांसद, प्रदेशका मुख्यसचिव र संघीय सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखले स्वागत गरे।

स्वागत तथा अभिनन्दन गरेलगत्तै नेपाली सेनाले प्रदेश प्रमुख पन्तललाई सलामी दियो ।

प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गर्दै उनले संविधान र कानुनमा रहेर सुदूरपश्चिमका जनताको हितमा काम गर्ने बताइन् ।काम गर्दा सबैको सल्लाह लिएर मात्र अगाडि बढ्ने उनले प्रतिबद्धता ब्यक्त गरिन् ।