बागलुङ-२ मा कांग्रेसबाट शेरचनको उम्मेदवारी


न्युज अफ नेपाल, बाग्लुङ ।

आगामी मसिंर १४ गते हुने उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचनले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ति समर्थक रहनुभएको छ । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहनुभएका शेरचन बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजमोका टेकबहादुर घर्तिसँग पराजित हुनुभएको थियो ।

सांसद घर्तिको निधन पछि हुन लागेको उपनिर्वाचनमा नेपाली काग्रेसले पुरानै उमेदवारलाई अगाडी सारेको छ भने राजमोले नयाँ अनुहार खिमबिक्रम शाहीलाई उम्मेदवार बनाएको छ । राजमो उम्मेदवारलाई नेकपाले समर्थन गरेको छ ।

समाजवादीका तर्फबाट अशोक बिक, स्वतन्त्र लगायत गरि १० जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।