अबैध राँगा प्रहरी नियन्त्रणमा


सुभेन्द्र दास, लहान ।

भारतबाट नेपालतर्फ अबैध तरीकाले बुधबार ल्याउदै गरेको ५ वटा राँग सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका वडा नं. २२ हकपरा स्थित भारतबाट नेपालतर्फ अबैध तरीकाले ल्याउदै गरेको पाँचवटा राँगा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय माडर, सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।