बेवारीसे शव फेला


सुभेन्द्र दास, लाहान ।

सिरहा नगरपालिका वडा नम्बर १२ स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी आज बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको छ ।

सिरहा नगरपालिका वडा नम्बर १२ स्थित कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अपरिचित व्यक्तिको उमेर करिब ४५–५० वर्षीय पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लास फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरी जानकारी गराएका थिए ।

आज बिहान करिब ६ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा लास हेर्दा प्रहरीलाई खबर गरेपछि प्रहरी हाल घटना स्थलमा पुगी अनुसन्धान गरिरहेको छ ।

लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।