कुपोषणसम्बन्धि विश्व सम्मेलन सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सरोकारवाला निकायसंग सहकार्य गरी अगाडि बढ्न नसक्नु नै नेपालको ठुलो कमजोरी रहेको निष्कर्ष सरोकारवाला निकायका अधिकारीहरूले निकालेका छन।

कुपोषण सम्बन्धी पाचौ बिश्व सम्मेलनमा सहभागीहरूले नेपालमा कुपोषणको अवस्था दयनीय रहेको रहेको भन्दै सरोकारवाला निकायसंग सहकार्य गर्न सम्मेलनमा सहभागीहरूले आग्रह गरेका छन।

‘पृथ्वी र मानव जाति दुवैलाई पोषित गर्ने’ नाराका साथ शुरू भएको सम्मेलनमा ६१ मुलुकका प्रतिनिधि सहभागीता रहेको थियो। उक्त जमघटले कुपोषण घटाउन नीजि क्षेत्रसँगको सहकार्य जरुरी भएको औल्याएको छ।

नेपालमा ५० प्रतिशत भन्दा बढी बालबालिकाहरू कुपोषणका कारण प्रभावित भएको भन्दै यसका बिरुद्ध नेपालका व्यवसायीहरूले समेत सरकारसँग हातेमालो गर्ने भएका छन्।

राष्ट्रिय योजना आयोग तथा संयुक्त राष्ट्रसंघीय, विश्व खाद्य कार्यक्रमको संयुक्त आयोजनामा पोषणमा व्यवसायिक क्षेत्रको सहभागिता बिषयक कार्यक्रम बुधबार काठमाडौमा सम्पन्न भयो।

कुपोषणका बिषयमा नेपालले स्थिति अन्त्यन्तै नाजुक भएको र सरकारले नीजि क्षेत्रसंग सहकार्य नगरे २०२० मा सहश्राब्दी बिकास लक्ष्य हासिल गर्ने सम्भावना नरहेको निष्कर्ष निकालिएको छ।

१२ नेपाली कम्पनी सहित ८५ साझेदार संस्था तथा सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले कसरी ‘शून्य भोकमरी’ नाराको लागि काम भैरहेको छ भन्ने कुरा बुझ्नका लागि अन्तकृयात्मक छलफलको आयोजना गरेको थियो।

छलफलमा कुपोषण, विपोषण, सुक्ष्मपोाणको कमी लगायत खाद्यान्नसँग सम्बन्धित नसर्ने रोगहरू बिरुद्धको नेपाल सरकराको प्रयासलाई थप गति प्रदान गर्न, व्यवसायीक क्षेलाई पहिलो पटक सहभागी गराईएको थियो।

कार्यक्रममा योजना आयोगले सन् २०२५ सम्ममा बालबालिकाहरूमा हुने होचोपनालाई ४० प्रतिशत तथा महिलाहरूमा हुने रक्त अल्पतालाई ५० प्रतिशले कमी गर्ने लक्ष्य रहेको जानकारी गराईयो।

संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम नेपालका राष्ट्रिय निर्देशक पेमा ब्राडफोर्डले कुनैपनि व्यवसायिक क्षेत्र, सरकार वा संयुक्त राष्ट्रसंघीय निकाले एक्लाएक्लै विश्वमा कुपोषण तथा भोकमरीको अन्त्य गर्न नसक्ने भएकाले सरोकारवालाहरूसंग मिलेर अघि बढ्ने बताउनु भयो।

विश्वमा पाँच वर्षमुनिका प्रत्येक तीन जना बालबालिकामध्ये एक जना पुड्कोपन, ख्याउटे, मोटोपन जस्ता कुपोषणले ग्रसित रहने राष्ट्रसंघलगायतका संघ–संस्थाको तथ्यांक छ।

तीन वर्षअघिको नेपालको स्वास्थ्य सर्वेक्षण अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपनको समस्या पाइएको थियो।

स्विट्जरल्यान्डको जेनेभामा सचिवालय रहेको सो अभियानमा नेपालले सन् २०११ देखि सदस्यकारूपमा आबद्ध भएको हो। विश्वका ६१ मुलुक सदस्य छन ्।

राष्ट्रिय योजना आयोगले संयोजन गरेको पाँचौं सम्मेलनमा उच्चस्तरीय सरकारी प्रतिनिधि, नीति निर्माता, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, पोषणसम्बन्धी विज्ञ सहभागी भएको जानकारी गराईयो।