हरिबोधनी एकादशीमा दुई दिन बिदा


न्युज अफ नेपाल, खोटाङ ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले हरिबोधनी एकादशीमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । छ वटा वडा रहेको गाउँपालिकाले सूचना जारी गर्दै कात्तिक २१ र २२ गते बिदा दिने जानकारी गराएको हो ।

गाउँ कार्यपालिकाको कार्यालय चिसापानीको निर्णयअनुसार ‘हरिबोधनी एकादशीको अवसरमा यही मिति २०७६र०७र२१ र २२ गतेका दिन स्थानीय विदा दिने’ भनिएको छ ।

हरिबोधनी एकादशीमा हिन्दू धर्मावलम्बीहरूले विष्णुको पूजाआरधना गर्ने गर्दछन् ।