अर्घाखाँचीमा कार दुर्घटना हुदाँ एकै परिवारका ३ जनाको मृत्यु


यमलाल भुसाल, बुटवल ।

अर्घाखाँची जिल्लाको नरपानीमा कार दुर्घटना हुँदा एकै घरका तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जादै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो ।

कार सडकवाट ५ सय मिटर तल खसेको छ । कार दुर्घटनामा परि अर्घाखाँची पाणिनी ८ का ८० वर्षिय आमा दुर्गा देवि खडका त्रिचालिस वर्षिय छोरा भक्त बहादुर खडका र उन्चालिस वर्षिय तिल बहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनिहरु रुपन्देहीको सैनामैना मा पनि वसोवास रहेको बताईएको छ । छोराहरु दुई जनाको घटना स्थलमा र आमाको अस्पताल लैजादै गर्दा वाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते अर्को छोरा गंगा बहादुर खडका र नाती विनोद खडकाको उपचारका लागि बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताउनुभयो ।