विवादास्पद भारतीय नक्सा जमिनसँगै स्वाधीनतामाथिको अतिक्रमण – मोहन बैद्य (किरण)

0
Shares

न्युज अफ नेपाल,काठमाडौं । मोहन (वैद्य किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपाली भूभागलाई भारतले उसको नक्सामा समेटेकोप्रति आपत्ति जनाएको छ ।

भारत सरकारले हालै सार्वजनिक नयाँ राजनैतिक नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग आफ्नो नक्सामा समेटेको छ ।

भारतको यो रवैयालाई लिएर आलोचना भइरहेका बेला क्रान्तिकारी माओवादीले त्यसको कडा शब्दमा भत्र्सना गरेको हो । उसले भारतको यस्तो शैलीले नेपाली भूभागमा मात्रै नभएर सार्वभौमिकता र स्वाधीनतामाथि नै नांगो अतिक्रमण भएको पनि निष्कर्ष निकालेको छ ।

नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ ।