चीन र रुससँग हतियार नियन्त्रण गर्न छलफल छौं : ट्रम्प

0
Shares

वासिङ्टन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतियारमाथि नियन्त्रणजस्ता महत्वपूर्ण सम्झौताका लािग अमेरिका, रुस र चीनबीच छलफल भइरहेको बताएका छन्।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा संवाददाताहरूलाई भने– ‘हामी अब हतियारमाथि नियन्त्रणलाई लिएर ध्यान दिइरहेका छौं। हामी चीन, रुससँग छलफल गर्दै छौं।’

उनले भने– ‘उनीहरू दुवैले यसलाई मनपराउँछ भन्ने मलाई लागेको छ किनभने हामी परमाणु हतियारका बारेमा कुरा गरिरहेका छौं।
अब हामी रुस र चीन तथा कुनै अन्य देशसँग हतियारमाथि नियन्त्रणका लागि सम्झौतामा ध्यान दिइरहेका छौं।’

चीन र रुसले पनि यो सम्झौतामा चासो लिने आफूलाई लागेको उनले बताए। तर स्ट्रेटेजिक आम्र्स रिडक्सन ट्रिट्री (स्टार्ट)का सम्बन्धमा सोधिएको प्रश्नको जवाफ भने ट्रम्पले दिएनन्।

अमेरिका र तत्कालीन सोभियत रुसबीच उक्त सन्धिमा सन् १९९१ जुलाई ३१ मा हस्ताक्षर भएको थियो। उक्त सन्धिको उद्देश्य परमाणु हतियार विकासको होडलाई कम गर्नु थियो।