दार्चुलामा जिप दुर्घटना १२ जना घाइते

0
Shares

किरन धामी, दार्चुला ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ चौतलीचौरमा आज विहान ६ बजे तिर जिप दुर्घटना हुँदा १२ जना सामान्य घाइते भएका छन् ।

लेकम गाउँपालिकाको रिठाचौपातामा पर्ने लटिनाथ मन्दिरमा लागेको जयपुरमा जात्राबाट अवलोकन गरी घर फर्किने यात्रु बोकेको से १ ज ११३१ नम्बर को  जिप दुर्घट्नामा परेको मालिकार्जुन प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वर तर्फ गैइरहेको जिप केहि किलोमिटर गुडेर दुर्घट्नामा परेको प्रहरीले जनाएको छ ।
जिप दुर्घट्नामा परी मालिकार्जुन गाउँपालिका वडा नम्बर २ भगवतीकी २० वर्षिय कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षिय कमला देवी धामीको टाउकोमा चोट लागेको उहाले जानकारी दिनुभयो ।

जिपमा सवार १२ जना मध्ये अन्य सामान्य घाइते रहेको उहाले बताउनुभयो । जिप दुर्घटनामा परी मालिकार्जुन गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय हरिश सिंह धामी, १९ वर्षिय नरेश सिंह धामी, १८ वर्षिय रमेश सिंह धामी, २६ वर्षिय तुलसी धामी, २० वर्षिय खेम सिंह धामी, १८ वर्षिय पुष्कर सिंह धामी, ३० वर्षिय दान सिंह धामी, २० वर्षिय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का १७ वर्षिय मिना धामी र ४६ वर्षिय पदम सिंह धामी सामान्य घाइते भएको प्रहरी चौकी प्रमुख खड्काले जानकारी दिनुभयो ।

जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । जिप सडकमा पल्टिएको छ । पल्टिएको जिपलाई हटाई सडक संचालनमा ल्याउने तयारी भैइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई एम्बुलेन्स मार्फत उपचारका लागी अस्पताल लैजाने कार्य भैइरहेको मालिकार्जुन प्रहरीचौकी प्रमुख तेजबहादुर खड्काले जानकारी दिनुभयो । जिप चालक दिपु सिंह विष्टलाई प्रहरीले नियन्त्रण लिएको छ ।