आलमको बयान सकिएन, पुन: बुधबार

0
Shares

न्युज अफ नेपाल, रौतहट ।

१२ वर्षअघि रौतहटको इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको अभियोगमा पक्राउ परेका निलम्वित सांसद मोहम्मद अफताब आलमको मंगलबारको बयान सकिएको छ । समय अभावका कारण बयान नसकिएकाले बुधबार पुन: बयान लिने अदालतले जनाएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासमा बयान लिइएको थियो । आलम पक्षले मिसिल फोटोकपी गर्न धेरै समय लागेकाले बयान ढिलो सुरु भएको थियो ।

सोमबार आलमलाई ३२ वर्ष कैद माग गर्दै कर्तव्य ज्यान, ज्यान मार्ने उधोग, बिस्फोटक पदार्थसम्बन्धी मुद्धा दर्ता गरिएको थियो । बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।