प्रतिनिधिसभाको मंगलबार डाकिएको वैठक स्थगित


न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा अर्थ समितिको मंगलबार ११ बजेलाई डाकिएको कोरम पुग्न नसकेपछि वैठक स्थगित भएको छ । केही सांसद ११ बजे अगाडी नै बैठकस्थलमा पुगेर डेढ घण्टासम्म प्रतिक्षा गर्दा पनि आवश्यक कोरम नपुगेपछि वैठक स्थगित गरियो हो ।

मंगलबार नागरिक लगानी कोष ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो । सांसदहरुलाई निकै बेर कुरिसकेपछि व्यवसायी पृष्ठभूमिका सांसद मोतिलाल दुगडले अनौपचारिक छलफलका क्रममा एक सवाल उठाए । उनको सवाल उद्धृत गर्दै अर्की सांसद प्रमिला राईले सोधिन्, ‘सभापतिज्यू, स्थगित हुने समितिको बैठकमा उपस्थित सांसदको ‘भ्यालू’ के हुन्छ ?’

अर्थ समितिको वाषिर्क प्रतिवेदन २०७६ अनुसार ४ जेठ २०७६ सम्म अर्थ समितिका कूल ४६ वटा बैठक बसेका छन् । त्यसमध्ये दुगड १८ पटक समितिको बैठकमा उपस्थित छन् ।

दुगडभन्दा कम उपस्थिति मूख्य पेशा नै राजनीति भएका सांसदको देखिन्छ । अर्थसमितिमा दुगडभन्दा कम उपस्थित हुने सांसदमा विष्णु पौडेल, शशांक कोइराला, विजय गच्छदारजस्ता दिग्गज नेता छन् ।

गच्छदार मात्र २ पटक समिति बैठकमा उपस्थित भएका छन् । शशांक कोइराला ३ पटक मात्र पुगेका छन् । विष्णु पौडेल १४ पटक उपस्थित छन् । किशोरसिंह रौठौर मात्र ९ पटक उपस्थित भएका छन् ।