हेटौडामा नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना शुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

हेटौंडामा नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुरु भएको छ । भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत शुरु भएको यो परियोजनाको लागि भारत सरकारको ३८ करोड ५३ लाख भारतिय रुपैया अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको उपस्थितिमा सोमबार शुभारम्भ गरिएको यस पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९ हजार २ सय वर्ग मिटर रहने भारतीय राजदुतावासका फस्ट सेक्रेटरी अभिषेक दुवेले जानकारी दिनुभएको छ ।

समोबार परियोजना शुभारम्भ कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६ सय भन्दा बढी स्थानीय तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ । यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।