मेडिकल कलेजका विद्यार्थीद्वारा माइतीघर मण्डलमा विरोध प्रदर्शन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले तोकेको भन्दा बढी शुल्क असुल गरेको विरोधमा मेडिकल कलेजका विद्यार्थीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
सरकराले मेडिकल कलेजले असुल गरेको बढी रकम फिर्ता गर्न दिएको निर्देशन नमानेपछि विद्यार्थी आन्दोलनमा उत्रीएका हुन् ।

प्रदर्शनमा चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, नेशनल मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विभिन्न कलेजका विद्यार्थीहरु सहभागी छन् । कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग विद्यार्थीले राखेका छन् । मेडिकल सञ्चालकले गुण्डा लगाएर विद्यार्थीमाथि गरेको अन्यायमा सरकारले साथ दिएको विद्यार्थीले जनाएका छन् ।

आन्दोलनका कारण भोलिदेखि हुन लागेको एमबीबीएर र बीडीएसको परीक्षा पनि स्थगित भएको छ ।