आलमको थुनछेक बयान सुरू

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बम विष्फोटका घाइतेलाई जिउँदै ईट्टाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू भएको छ । न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान केही समय सुरू भएको हो ।

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनीविरूद्ध जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दायर भएको थियो ।आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो ।

आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।