आइएस प्रमुख बग्दादीकी दिदी पक्राउ

0
Shares

काठमाडौं । इस्लामिक स्टेट ‘आइएस’का पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई उत्तरी सिरीयाबाट पक्राउ गरेको टर्कीले जनाएको छ ।

बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई उत्तरी सिरियाको अजाज नगरनजिकैबाट सोमबार पक्राउ गरिएको स्रोतले जनाएको छ ।
उनी अजाज नगरमा आफ्ना पति र परिवारका अरु सदस्यसहित बस्दै आएको बताइएको छ । बग्दादीका पाँच दाजु–भाइ र धेरै दिदी–बहिनी भएपनि उनीहरू सबै जीवित रहे वा नरहेको स्पष्ट नरहेको ‘द न्यूयोर्क टाइम्स’ ले जनाएको छ ।

बग्दादी गत अक्टोबर २६ मा एक अमेरिकी हमलामा मृत्यु भएको थियो ।