मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका ४३ अस्थायी शिक्षक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन पुगेका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

ताला लगाउन गएका मध्ये ४३ जना शिक्षक पक्राउ परेको प्रहरीले जनाएको छ । मुख्यमन्त्री लालबाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिवद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थायी शिक्षकले ताबन्दी गर्न खोजेका थिए । माग राखेको तीन महिना बित्दा पनि पूरा नभएपछि अस्थायी शिक्षकहरु पुन आन्दोलनमा उत्रीएका हुन् ।

पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ ।