पर्यटन व्यवसायी तुलाचनको निधन

0
Shares

यमलाल भुसाल,  बुटवल ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा पर्यटन व्यवसायी धुर्व तुलाचनको निधन भएको छ । विगत ४ दशक देखि बुटवलमा होटल व्यवसाय गदै आउनु भएका तुलाचनको मंगलवार स्थानिय मगरघाटमा दाहासंस्कार गरिने भएको छ । ६५ वर्षीय तुलाचन विगत कैही वर्ष देखि मुटुरोगवाट पिडित रहनु भएको थियो ।

बुटवलमा सिन्दुर होटल नामको व्यवसाय संचालन गदै आउनु भएका तुलाचनको निधनले यस क्षेत्रको पर्यटन व्यवसायमा निकै ठुलो क्षेती पुराएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।

विसं २०५६ सालमा रुपन्देहीमा होटल व्यवसायीलाई संगठित गदै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको संस्थापक अध्यक्ष बन्नु भएका तुलाचन यस क्षेत्रका सफल पर्यटन व्यवसायीका रुपमा चिरपरिचित रहनु भएको थियो । उहाँका दुई छोरा एक छोरी गरि ३ सन्तान रहेका छन ।बुटवलका २ दर्जन बढी सामाजिक संस्थामा आह्द्ध भै काम गरि सक्नु भएका तुलाचनको निधन प्रति होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले हार्दिक श्रद्धान्जली प्रकट गरि शौकसन्तप्त परिवारजनमा समबेदना व्यक्त गरेको छ ।