परपुरुषसँग सम्बन्ध रहेको आशंकामा श्रीमानले गरे श्रीमतीको हत्या

0
Shares

न्युज अफ नेपाल, वीरगञ्ज ।

आइतबार बेलुका पर्साको जिराभवानी मृत अवस्थामा फेला परेकी १९ वर्षीय निपु देवीको हत्या उनकै श्रीमान रामबाबु हजरा दुसादले गरेको पुष्टि भएको छ । शव फेला परे लगत्तै प्रहरीले २८ बर्षीय केदार भन्ने रामबाबु हजरा दुसादलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुदासले अनुसन्धानका क्रममा श्रीमतीको हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धाका अनुसार निपुको बहिनिको गौना हुने भएकाले रहेको निपु र रामबाबुसँगै माइत जाँदै थिए । भारतको बेलिया वरवा पञ्चायत–१० भंगवा स्थित निपुको माइती जाने क्रममा सो घटना घटेको थियो । प्रहरीका अनुसार रामबाबुले पहिले देखिनै श्रीमतीमाथि शंका गर्ने गरेका थिए । माइती जादै गरेका दम्पतीबिच सोही कुरालाई लिएर विवाद बढेको थियो ।

बि आर २२ एम ४५०८ भारतीय नम्बरको मोटरसाइकलमा माइती जाँदै गरेका रामबाबु र निपुबिच विवाद चर्किएपछि रामबाबुले पेट्रोल सक्किएको भन्दै मोटरसाइकल रोके । पेट्रोल लिएर आउँछु भनेर गएका उनले नजिकैको पसलबाट १५ रुपैयाँमा चक्कु किनेर ल्याए । चक्कु लिएर आएका रामबाबुले निपुको घाँटी रेटी हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । निपुलाई सुस्ता खोला छेउमा रहेको झाडीमा लगि हत्या गरेका हुन् ।

केदारविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने प्रहरीले जनाएको छ ।