सुरुङमा बेपत्ता चार मजदुरको यसरी गरियो उद्दार (फाेटाेफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बझाङ बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन ६५ मेगावाटको कालगंगा हाइड्रोपावरको सुरुङमा बेपत्ता भएका चार जना मजदुर सोमबार मृत अवस्थामा फेला परेका थिए । आइतबार दिउँसो करिब ३ बजेतिर बुङ्गल नगरपालिकाको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरू बेपत्ता भएका थिए। मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिएका छन् ।