न्युज अफ नेपाल ,काठमाडौं ।
सातवटै प्रदेशका प्रदेश प्रमुखहरूले आज सपथ ग्रहण गरेका छन् । राष्ट्रपति बिद्या देवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् ।
कार्यक्रममा उपराष्ट्रति नन्द बहादुर पुन ,प्रधानन्यायधीस चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष्य गणेश तिमल्सिना, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका बिशिष्ट ब्यक्तित्वहरु सहभागी थिए ।नेकपाको सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको हो।
सिफारिस गरिएका प्रदेश प्रमुखहरूमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी(डडेलधुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईं (झापा) रहेका छन् ।
शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरूले अब आ- आफ्नो कार्यक्षेत्र गई काम गर्न सक्ने भएका छन् ।
प्रतिक्रिया