पूर्व सभासद सुवेदीलाई हृदयाघात


न्युज अफ नेपाल, काठमाडौं । पूर्व सभासद झक्कुप्रसाद सुवेदीको नर्भिक इन्टरनेसनल अस्पतालमा हृदयाघातको उपचार भैरहेको छ ।
सोमबार बिहान उपत्यका बाहिर जानेक्रममा नागढुंगा पुगेका सुवेदीलाई अकस्मात समस्या देखा परेपछि त्यहिबाट फर्काएर बिहान ११ बजे नर्भिक पुर्याईएको थियो । अस्पतालसँग फोन सम्पर्क गरेर आएकाले सुवेदीलाई अस्पताल पुग्नासाथै आवश्यक उपचार प्रक्रिया अगाडि बढाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
सुवेदीलाई हृदयाघात भएको र डा जेपी जैसवालको टोलीले एन्जियोप्लाष्टि गरेको अस्पतालले जनाएको छ । सुवेदीको मुटुको दायाँ तर्फको नसा पूर्ण रुपमा बन्द भएको अवस्थामा अस्पताल पुगेको र एन्जियोप्लाष्टिपछि बन्द भएको नसा खुलाइएको र अहिले सुवेदीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।