अक्सिजनको कमीले हाइड्रोपावरको सुरुङमा चार मजदुरको मृत्यु


ललित सिंह, बझाङ ।
बझाङको बुंगल नगरपालिका–१ मा निर्माणाधिन अवस्थामा रहेको ६५ मेगावर्टको कालङ्गा हाईड्रपावरको सुरुङमा चार जनाको मृत्यु भएको छ ।

आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिका को सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता भएका मज्दुरको आज सोमबार सुरुङ्गमार्गमै र्मत्यक अवश्थामा उद्धार गरेको छ ।

मृत्यु हुनेमा दैलेख जिल्लाका कर्ण बहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी साहायक निरिक्षिक अम्मर भण्डारीले जानकारी दिनु भएको छ ।

साथै उनीहरु सुरुङभित्र काम गर्नको लागी गाढी सहित सुरुङभित्र काम गर्ने क्रममा एक्कासी गाढी स्टाट बन्द भएपछी काम गरि हरेका उनीहरु पनी बाहिर आउन नसकेको हुनसक्ने आशंका गरिएको छ ।

उनीहरुको खोजी कार्यका लागी सुरुङभित्र प्राविधिक टिम खोज्न प्रयास गरेको भएतापनी सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रेहको भन्दै उत्त टोलीले पनी काम नगरी फर्किएको थियो तर आज उनीहरुको खोजीका लागी हेलिकप्टर मार्फत मेसिन सहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजीगर्ने क्रममा मृत्यक अवश्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । ७० प्रतिशत भन्दा बढी काम भईसकेकोले बाँकी काम गर्ने क्रममा उनीहरुकोमृत्यु भएको हो ।

उनीहरुको खोज कार्य गरी चारै जना मज्दुरको अक्सिजनको कमीका कारण मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । कालंगा हाईडे अन्र्तगतको दारिमगाढ सुरुङ्ग करिक १४ सय मिटर लामो रहेकाले अक्सिजनको ब्यावस्था कमी भएका कारण सो घटना घटेको कालंगा हाईडोका संस्थापक बिरेन्द्र बहादुर मल्लले बताउनु भएको छ । उहाँले भन्नुभयो–दसंैको समयमा निमार्ण कार्य बन्द गरिएको थियो । दसैं सकिए लगतै निमार्ण गर्न जाने पहिलो दिनमै दुखद घटना घटेकोमा कम्पनी साह्रै दुखित भएको छ ।