चिकित्सा शिक्षा आयोगका सदस्यहरु मनोनित, आयोगले पुर्णता पायो


न्युज अफ नेपाल, काठमाडौँ ।

चिकित्सा शिक्षा कार्यक्रम संचालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरु मध्येबाट ३ जना सदस्यमा मनोनित गरिएको छ । मनोनयनमा त्रिभुवन विश्व विद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका छन् ।

यस्तै,स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तीमा एकजना महिला सदस्य रहने ऐनमा व्यवस्था भएको छ । जसमा एसोसियसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल र नेपाल नर्सिङ संघका अध्यक्ष रहेका छन् । नागरिक समाजका लब्ध प्रतिष्ठित कम्तीमा एक महिला रहनेमा डा. गीता गुरुङ र डा. रमेशकान्त अधिकारी रहेका छन् ।

यस्तै, चिकित्सा शिक्षा विज्ञहरु मध्येबाट समाबेसी सिद्धान्तको आधारमा कम्तीमा दुईजना महिला हुनुपर्नेमा प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. शैंली प्रधान र प्रा.डा. जगदीश अग्रवाल नियुक्त भएका छन् ।