हाइड्रोपावरको सुरुङभित्र फसेका तीन मृत फेला, एकको खोजी जारी


न्युज अफ नेपाल, काठमाडौं ।

हाइड्रोपावरको इनलेट सुरुङभित्र फसेका चार जनामध्ये तीनजना मृत अवस्थामा फेला परेका छन् । बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको सुरुङभित्र कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद र शेरबहादुर धामी फसेका थिए ।

मृतक तीनजनाको शव ट्याक्टरमा भेटिएको प्रहरीले जनाएको छ । फेला परेको लास कसको हो भन्ने खुलेको छैन ।

हराइरहेका अर्काे एक जनाको खाजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।