आलमविरुद्ध जन्मकैदको मुद्दा दर्ता, मंगलबार थुनछेक बहस हुने


न्युज अफ नेपाल, काठमाडौँ ।

बम विस्फोटमा परी घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

समय अभावका कारण थुनछेक बहस भने मंगलबारबाट मात्रै सुरु हुने भएको छ । आलमको मुद्दा पन्ध्र नम्बरमा दर्ता गर्दै जिल्ला अदालत रौतहटले जन्मकैदको माग गरेको हो ।

सोमबारै आलमलाई जिल्ला अदालत लगिएको छ ।