महराको थुनछेक बहस सकियो


न्युज अफ नेपाल, काठमाडौँ ।

संसद सचिवालयकी कर्मचारी राेशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख महराको थुनछेक बहस सकिएको छ ।

सोमबार चलेको बहसमा प्रतिवादीको तर्फबाट वरिष्ठ अभिवक्ता सीता रेग्मी, रमन श्रेष्ठ, विष्णु प्रसाद सापकोटा र शेरबहादुर केसीले ओकालत गरेका छन् ।

चौतीस जनाले ओकालत गर्ने भनिएपनि समय अभावका कारण वरिष्ठ अभिवक्तालाई मात्र समय दिइएको हो । यस्तै आइतबार बसेको बहसमा भोजराज सनपकोटा र लव मैनालीले महराको पक्षमा बोलेका थिए ।