मन्त्रिपरिषद्को बैठक शुरू, राष्ट्रिपति समक्ष नयाँ प्रदेश प्रमुख सिफारिस गरिने


न्युज अफ नेपल, काठमाडौँ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ प्रदेश प्रमुख सिफारिसका लागि मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । बैठकमा सचिवालयले सिफारिस गरेका प्रदेश प्रमुखको नाम अनुमोदन गरेर रास्ट्रपतिसमक्ष पठाउने बताइएको छ ।

नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले अमिक शेरचन (चितवन) , सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके) , धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।