नेकपाद्वारा सातै प्रदेश प्रमुखको नाम सिफारिश (नामसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।

जसअनुसार अमिक शेरचन (चितवन) , सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके) , धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

तर कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने पौडेलले बताए ।