सरकारको निर्णयको खिलाफमा जान्छौ : सभापति देउवा


मोतीराम तिमल्सिना, काभ्रे ।

सरकारले आईतबार सातवटै प्रदेशका प्रमुखहरु हटाउने निर्णयको खिलापमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भएको छ । ‘सरकारले गरेको निर्णय विरुद्ध जान्छौं’–सभापति देउवाले भन्नु भयो–‘नेपाली कांग्रेसको त्यसको खिलाफमा जान्छ ।’

सरकारले आईतबार मात्रै सात वटै प्रदेशका प्रमुखहरु हटाउने निर्णय गरेको थियो । निर्वाचनको परिणाम आई सकेपछि नयाँ सरकार गठन नहुँदै देउवा नेतृत्वको सरकारले एकलौटी प्रदेश प्रमुखहरु नियुक्ति गरेको थियो । त्यतिबेला नै नेकपाले देउवा सरकारले नेतृत्व गरेका सबै प्रदेश प्रमुखहरु हटाउने चेतावनी दिएको थियो । तर पनि सरकार गठन भएको लामो समयसम्म प्रदेश प्रमुखहरु हटाउने बारेमा सरकार केहि बोलेको थिएन । कांग्रेसको आधिकारीक धारणा सार्वजनिक नभए पनि पार्टी सभापतिले सरकारको निर्णयको खिलाफमा जाने बताउनु भएको थियो ।

 

तीन विरामीसँग भेट

दोलखाबाट काठमाडौ आउँदै गरेको बस दुर्घटनाका घाईते मध्ये अस्पतालमा रहेका तीन जना विरामी भेटेर नेपाली कांग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिन्धुपाल्चोक जानु भएको छ । ५० विरामी अस्पताल आएका मध्ये अधिकांश डिस्चार्ज भई घर फर्किएका छन् भने केहि अन्यत्र रिफर भएका छन् ।

खुट्टा भाँचिएका १६ बर्षिय जीवन खड्का, प्रविण आले मगर र सविता थापालाई भेटेर पार्टी सभापति देउवा सिन्धुपाल्चोकमा आयोजना भएको कांग्रेसको कार्यक्रममा सहभागि हुन जानु भएको हो । घटना भए लगत्तै धुलिखेल अस्पतालमा नेकपा नेताहरु पार्वत गुरुङ्ग, आनन्द पोखरेल लगायत धुलिखेल अस्पताल पुगी घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । सोमबार विहान सिन्धुपाल्चोक जाने क्रममा बाटो परेकाले अस्पतालमा रहेका विरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्न अस्पताल भ्रमण गरेको देउवाले बताउनु भयो ।

सभापति देउवाले काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रो.डा. रामकण्ठ माकजु, डिन राजेन्द्र कोजुं, अस्पतालका विभिन्न विभागका प्रमुखहरुले अस्पतालको सेवा र आपतकालिन उपचारको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सोहि क्रममा सभापति देउवाले अन्य विरामीहरुलाई समेत भेट्नु भएको थियो ।

बस दुर्घटनामा १७ जनाको निधन भएको थियो ।