अक्सिजनको अभावले हाइड्रोपावरको सुरुङमा चार मजदुर बेपत्ता


ललित सिंह, बझाङ ।

बझाङको बुंगल नगारपालिका वडा नं.१ मा निर्माणाधिन अवस्थामा रहेको ६५ मेगावर्टको कालङ्गा हाईड्रपावरको सुरुङमा चार जना बेपत्ता भएका छन् । आइवार दिउसो करिव ३ बजेतिर बुङ्गल नगरपालिका को सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दैलेख जिल्लाका कर्ण बहादुर शाही र महेन्द्र शाही, अछाम जिल्ला घर भएका महेन्द्र साउद र बझाङ जिल्ला घर भएका शेर बहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी साहायक निरिक्षिक अम्मर भण्डारीले जानकारी दिनु भएको छ । साथै उनीहरु सुरुङभित्र काम गर्नको लागी गाढी सहित सुरुङभित्र काम गर्ने क्रममा एक्कासी गाढी स्टाट बन्द भएपछी काम गरि हरेका उनीहरु पनी बाहिर आउन नसकेको हुनसक्ने आशंका गरिएको छ ।

उनीहरुको खोजी कार्यका लागी सुरुङभित्र प्राविधिक टिमले खोज्न प्रयास गरेको भएतापनी सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रेहको भन्दै उत्त टोलीले पनी काम नगरी फर्किएको छ । अब केही बेरमा उनीहरुको खोजीका लागी हेलिकप्टर मार्फत मेसिन सहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजी गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । यस बिषयमा कालङ्गा हाईड्रपावर निर्माण समितीका संस्थापक संञ्चालक बिरेन्द्र मल्लले आफु घटना स्थल तर्फ आउदै गरेको भन्दै कुनै प्रतिक्रिया दिन मानेका छैनन् । सुरुङको ७० प्रतिशत भन्दा बढी काम भईसकेकोले बाँकी काम गर्ने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उनीहरुको खोज कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।