छानविन समिति गठन गरेसँगै डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । छानबिन गर्न बैंक स‌ंचालक समितिले समिति गठन गरेसँगै उनी निलम्बनमा परेका हुन् । श्रेष्ठविरुद्ध बैंकहरुको खराब कर्जा लुकाएको, सुमार्गीको रकम फुकुवा गर्न सहयोग गरेको र विदेश गएका बेला नक्कली कागज बनाइ अतिरिक्त शूल्क उपभोग गरेको जस्ता आरोप लागेका छन् ।

श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । संचालक समिति बैठकले छानविन समितिमा पौडेलसहित राष्ट्र बैंक संचालक समितिका सदस्यद्वय रामजी रेग्मी रसुबोधकुमार कर्णलाई राखेको छ ।

छानबिन समितिलाई ३० दिनको समय दिइएको छ ।