चौध हजार नगदसहित सवारी काउन्टरबाट ४ जुवाडे पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका.१४ बल्खुस्थित ओम हरेराम सवारी काउन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका.१ भिमिरे घर भएका ४० वर्षीय निरञ्जन रानामगर सहित अन्य ४ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले १ बुक तास र नगद १४ हजार ५ सय ४० रुपैयाँ सहित आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।