मोरङमा भएको सडक दुर्घटनामा डा. बुबा र नर्स छोरीको मृत्यु


न्युज अफ नेपाल, विराटनगर ।

मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डको सेन्चुरी मसला उद्योग छेउमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो ।

बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए । घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिनुभयो ।

विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस चालक धनगढी निवासी ३४ बर्षिय संन्दिप खत्रीलाई मोरङ प्रहरीले नियन्त्रण लिएर अनुशन्धान सुरु गरेको छ ।