म्याग्दी बस दुर्घटना अपडेट : घाइते सबैको परिचय खुल्यो,गम्भीर घाइते पाँच जनालाई पोखरा रिफर

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आइतबार साँझ बस दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।
दुर्घटनामा परेर घाइतेमध्ये ५ जनाको अहिले बेनी अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाका अन्य घाइतेहरु बेनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार गरी घर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दरबाङबाट बिमका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेर मृत्यु हुने गुल्मी कालीगण्डकी गाउँपालिका–२, अर्बेनीकी ३० वर्षीया विष्णु पाण्डे, मालिका–७, बिम म्याग्दीकी ७० वर्षीया सतदेवी भट्टचन, ९ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया आयुसा जुग्जालीको शव बेनी अस्पतालको शवगृहमा राखिएको छ ।

मृतकहरुको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर घाइते भएका २८ जना सबैको परिचय खुलेको प्रहरीले जनाएको छ । घुम्तीमा टर्निङ नपुगेर बस दुर्घटना भएको बताइएको छ भने बसका चालक अहिले इलाका प्रहरी कार्यालय दरबाङको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइएको छ भने बसमा चालकसहित ३३ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको विवरण र अवस्थाः

१. जि. म्याग्दी मालिका गा.पा–७, बिमका वर्ष ६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।

२. ऐऐ बस्ने वर्ष ५३ को हुमबहादुर जुग्जाली शरिरको भित्री भागमा चोट, अवस्था मध्यम ।

३. ऐऐ बस्ने वर्ष ३८ को पलप्रसाद जुग्जाली ढाडमा चोट, अवस्था मध्यम ।

४. ऐऐ बस्ने वर्ष २६ की नरदेबी परियार टाउकोमा चोट, अवस्था मध्यम ।

५. बेनी नगरपालिका–९, घतानका वर्ष १६ को बिसन खत्री निधारमा चोट, अवस्था सामान्य बोल्न सक्ने ।

६. बेनी नगरपालिका–४, राक्सेका वर्ष १७ को गौरव पौडेल टाउकोमा चोट, अवस्था सामान्य बोल्न सक्ने ।

७. जिल्ला बागलुङ ताराखोला गाउपालिका–५, का वर्ष १७ को विजय कँडेल टाउकोमा चोट, अवस्था मध्यम ।

८. बेनी नगरपालिका–४, राक्सेका वर्ष १९ को प्रमिस पौडेल टाउको र दाहिने हातमा चोट, अवस्था मध्यम ।

९. जि म्याग्दी मालिका–७, बस्ने वर्ष २६ की दिलु शेरपुञ्जा टाउको र बाँया हातमा चोट, अवस्था मध्यम ।

१०. ऐ.ऐ. बस्ने वर्ष ६ की कृष्टिना जुग्जाली हात र शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।

११. ऐ.ऐ. बस्ने वर्ष ६१ की तनदेवी जुग्जाली ढाडमा चोट, अवस्था मध्यम ।

१२. ऐ.ऐ. बस्ने वर्ष ६० की चन्द्रकली दर्जी ढाड र खुट्टामा चोट, अवस्था मध्यम ।

१३. ऐ.ऐ. बस्ने वर्ष ३८ की पलदेवी जुग्जाली दाहिने हात र शरिरको बिभिन्न भागमा चोट, अवस्था
मध्यम ।

१४. ऐ.ऐ. बस्ने वर्ष अं. १७÷१८ को सुरेश जुग्जाली टाउकोमा चोट, अवस्था मध्यम ।

१५. ऐ.ऐ. बस्ने वर्ष ३१ की लिला जुग्जाली शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।

१६. जि. म्याग्दी धवलागिरी गाउपालिका–३, मुना दरका वर्ष १८ की रिलमाया बुढा खुट्टामा चोट, अवस्था मध्यम ।

१७. बेनी नगरापलिका–३, भकिम्लीका वर्ष ३५ को केशव शर्मा न्युरे टाउकोमा चोट, अवस्था मद्यम ।

१८. जि. म्याग्दी मंगला गाउपालिका–५, छिस्बाङका वर्ष २२ की रमिला खत्री छातीमा चोट, अवस्था मद्यम ।

१९. जि. म्याग्दी मालिका–७, बिमका वर्ष ३० की सरु वि.क. छातीमा चोटपटक, अवस्था मध्यम ।

२०. ऐ.ऐ. बस्ने वर्ष ३२ की सोममाया सुनार टाउको र शरिरको भागमा चोट, अवस्था मध्यम ।

२१. जि. म्याग्दी मालिका–४, चिउरीबोटका वर्ष १८ की खिममाया घर्ती घुँडा, छातीमा चोट, अवस्था मध्यम ।

२२. जि. बागलुङ जैमिनी नगरपालिकाका वर्ष २८ को दुर्गा किसान टाउकोमा चोट, अवस्था मध्यम ।

२३. जि. म्याग्दी मालिका गाउँपालिका–२, रुम वर्ष १८ को खगेन्द्र छन्त्याल छाती र हातमा चोट, अवस्था सामान्य ।

२४. ऐ.ऐ. बस्ने वर्ष १९ को अम्मर दर्जी ढाडमा चोट, अवस्था सामान्य ।

२५. मालिका–७, बिम वर्ष ३० की ज्योती जुग्जाली हातखुट्टा र शरिरको भागमा चोट, अवस्था मध्यम  ।

२६. ऐ.ऐ. बस्ने वर्ष २८ को आशिष जुग्जाली खुट्टामा चोट, अवस्था सामान्य ।

२७. मंगला–५, पिपलबोट वर्ष १६ की मुना शर्मा टाउको र साँप्रामा चोटपटक, अवस्था सामान्य ।

२८) बेनपा–६, अर्थुङे वर्ष १६ की प्रतिक्षा सुवेदी कोखमा चोट, अवस्था सामान्य ।

स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।